९ असार २०८३, मंगलबार

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा प्रस्तुत भएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी छानबिन प्रतिवेदन, २०८१ सभामुखज्युले कार्यान्वयनको लागि मन्त्रीपरिषदमा पठाउनु भएको थियो । आजको मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको छ ।’