
काठमाडौं, १ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूविरूद्व सहकारी ठगीको प्रमाण रहेको दावी गर्नुहुँने काँग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काउनु भएको छ ।
आज काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले आफूलाई संसदीय समितिले निर्दोष ठहर गरेको जिकिर गर्नुहुँदै थापाप्रति कटाक्ष गर्नु भएको हो ।
प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो ? भन्दै रविले भन्नुभयो, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । गोरखा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग । सहकारी ठग भन्नेकुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ, कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि ! म कसैको कटाक्ष गर्न आएको होइन । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई ।’









प्रतिक्रिया