११ असार २०८३, बिहिबार

आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना नियुक्त हुनुहुने भएको छ । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो ।

आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्नु भएको हो ।

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गर्नु भएको थियो । उहाँले आजै अपराहन्न राजीनामा दिने बताइएको छ ।

४३ बर्षिय आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहनु भएको छ । उहाँलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शिर्ष नेताहरु जेलमा हुदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उहाँलाई दिने गरिन्छ ।