
काठमाडौं, ३१ भदौ । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भएपनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताउनु भएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उहाँले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोष भन्नु मान्य नभएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरुबाट लिएको छ । भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । उहाँको तलबभत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ । त्यहाँको जिम्मेवारी तहमा रहँदापनि पैसा आएको छ । लिनै नमिल्ने पैसालिएर सञ्चालन गर्नु भएको छ । यति हुँदापनि दोषी होइन भनेर घोषणा गर्दै हिड्नुहुन्छ भने त्योभन्दा गैरजिम्मेवार कुरा अरु हुन सक्दैन् ।’
यसको साथै उहाँले सभामुखले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर कार्यान्वयन गर्न निर्देशन दिएको अवस्थामा रवि लामिछानेले क्लिन चिट नपाएको धारणा राख्नुभयो ।









प्रतिक्रिया