
काठमाडौं, ३१ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा नक्कलीको बिगबिगी रहेको बताउनु भएको छ ।
आज प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्नुहुँदै उहाँले सहकारी क्षेत्रमा ठूलो समस्या रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह पनि फेक गरिएको छ । लेखापरीक्षण प्रतिवेदन फेक छन्,कार्य प्रणाली पनि फेक छन् । साधारणसभा, प्रतिवेदन पनि फेक छन् । सेयर सदस्य फेक बनाइन्छन् । ऋणी फेक छन् । यतिसम्मकी गायक रामकृष्ण ढकालसमेत फेक ऋणीका रुपमा पीडित हुनुभएको छ । ‘








प्रतिक्रिया