१८ कार्तिक २०८३, बुधबार

सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का सांसद सूर्यप्रसाद ढकालले नेकपा (एकीकृत समाजवादी) का उपमकहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले संसदले सर्वसम्मत रुपमा पारित गरेको चुच्चे नक्साको मर्म विपरित लिपुलेक र कालापानी नेपालको भूभाग नभएर भारतको हो भनेर अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न माग गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ ? सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको होइन देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहनु भएका चौधरीले टेलिभिजन अन्तर्वार्ताका क्रममा लिपुलेक र कालापानी लगायतका भू-भागमा भारतको दाबी पुग्ने बताउनु भएको थियो । सो अभिव्यक्तिको विरोध भएपछि उहाँलाई पार्टीले समेत स्पष्टीकरण सोधेको थियो ।