३१ असार २०८३, बुधबार

सहकारी छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गरिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गरिने भएको छ ।

समितिले आज प्रतिवेदन बुझाउने भएको हो । संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिका सभापति माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोगा सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन–२०८१ पेश गर्नुहुने,’ कार्यसूचीको दोस्रो नम्बरमा उल्लेख गरिएको छ ।