२८ जेष्ठ २०८३, बिहिबार

माओवादीले संसद चल्न दिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा माओवादी केन्द्रले संसद चल्न दिने भएको छ ।

जनयुद्वलाई हिंसा शब्द प्रयोग गरिएकोमा आपत्ति जनाउँदै सदन अवरोध गर्दै आएको माओवादीले आज भने अवरोध नगर्ने भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने बताउनु भएको हो । प्रधानमन्त्रीलाई सदनमा बोल्न नरोक्ने पाण्डेले बताउनुभयो ।

एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको भन्दै माओवादीले संसद अवरोध गर्दै आएको थियो ।

माओवादीले ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने माग भने कायमै राखेको छ ।