१ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिनु हुने भएको छ ।

उहाँले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नु भएको हो । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताकोबीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’