२५ जेष्ठ २०८३, सोमबार

अन्तरिक्ष स्टेशनबाट सुनिता र बुचको पत्रकार सम्मेलन

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गर्नुभएको छ ।

मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफूहरु आठ दिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताउनुभएको छ ।

अन्तरिक्ष यात्री सुनिताले भन्नुभयो, ‘जब बुच र म यो उडानको तयारी गरिरहेका थियौँ, हामीले परीक्षण उडानको बारेमा कुरा गर्यौं । हामीलाई थाहा थियो कि यो आठ दिनको लागि निर्धारित छ, हामीलाई थाहा थियो कि त्यहाँ केहि चीजहरू छन् जसले हामीलाई धेरै लामो समयसम्म यहाँ राख्न सक्छ ।’

उहाँले भन्नुभयो, ‘हामीले स्टारलाइनरका लागि मात्र होइन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि पनि धेरै वर्षदेखि तालिम लिइरहेका छौँ । हामी दुवैजना पहिले पनि यहाँ आएका छौँ, त्यसैले हामीसँग केही अनुभव छ ।’

सुनिता विलियम्स र बुच विल्मोर यस वर्षको जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि परीक्षण अभियानमा प्रस्थान गर्नुभएको थियो । त्यतिबेला उहाँले केही दिनमै स्वदेश फर्कने आशा गर्नुभएको थियो । तर यो यात्रा उहाँको योजनाअनुसार हुन सकेन । यो नियमित रूपमा प्रयोग गर्नु अघि नयाँ अन्तरिक्ष यानले कसरी प्रदर्शन गर्छ भनेर हेर्नको लागि यो एक परीक्षण थियो । तर, जसरी अगाडि बढ्दै गयो, केही समस्याहरु देखा पर्न थाले । यसको प्रोपल्सन प्रणालीमा चुहावट र केही थ्रस्टरहरू पनि बन्द हुन थाले । तर, उहाँहरु सकुशल अन्तरिक्ष स्टेशन पुग्नुभएको थियो ।

अब उहाँहरु आउँदो फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किने नासाले जानकारी दिएको छ ।