२३ असार २०८३, मंगलबार

कोलकाता बलात्कार-हत्या प्रकरण: सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलकाता, २९ भदौ । केन्द्रीय अनुसन्धान ब्युरोले कोलकाताको सियालदह अदालतमा आर जी कार अस्पताल बलात्कार र हत्याका आरोपी सञ्जय रोयको नार्को-विश्लेषण परीक्षण गर्न अनुमति मागेको छ ।

आरोपीलाई शुक्रबार बन्द कोठा सुनुवाईका लागि सियालदह अदालतमा पेश गरिएको थियो । नार्को टेस्ट अनिवार्य भएकाले आरोपीको स्वीकृति पनि लिइएको छ । यसअघि रोयसहित आर जी कार कलेजका प्रिन्सिपल र अन्यको पोलिग्राफ परीक्षण भइसकेको छ ।

यसैबीच, कलेजको सेमिनार हलमा अगस्ट ९ देखि स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्राको बलात्कार र हत्याको विरोधमा जुनियर डाक्टरहरूले स्वास्थ्य भवन अगाडि विरोध प्रदर्शन जारी राखेका छन् ।

बिहीबार पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले जारी विरोधका बीच आफ्नो पदबाट राजीनामा दिन तयार भएको घोषणा गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘म पश्चिम बङ्गालको मुख्यमन्त्रीबाट राजीनामा दिन तयार छु । मलाई पदको चिन्ता छैन । म पीडितको न्याय चाहन्छु । मलाई सर्वसाधारणलाई चिकित्सा सेवा पाउनेमा चिन्ता छ ।’

उहाँले आन्दोलनरत चिकित्सकलाई कुनै कारबाही नहुने पनि आश्वासन दिनुभयो ।