
काठमाडौं, २९ भदौ । साउदी प्रो लिगअन्तर्गत अल नासर बराबरीमा रोकिएको छ ।
गएराति सम्पन्न खेलमा अल नासर अल अहलीसँग १-१ गोलले बराबरीमा रोकिएको हो ।
अल नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो । उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगिएको थियो ।
त्यस्तै, अल अहलीका लागि खेलको ५४औं मिनेटमा फ्रयांक किस्सेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
यो अल नासरको यस सिजनमा दोस्रो बराबरी हो । यो खेलपछि ३ खेलमा ५ अंक भएको छ ।
त्यस्तै, अल अहलीको ३ खेलमा ४ अंक रहेको छ ।







प्रतिक्रिया