३० जेष्ठ २०८३, शनिबार

चीनमा अवकाशको उमेर बढाइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । सन् १९५० पछि पहिलो पटक चीनले अवकाशको उमेर बढाउने भएको छ । चीनको अधिकांश जनसंख्या बुढेसकालमा छ । चिनियाँ सरकारले यो प्रस्तावलाई शुक्रबार स्वीकृत गरेको हो ।

चीनले मिहिनेत गर्नुपर्ने काम गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने भएको छ । जबकी पेशेवर महिलाको हकमा यो उमेर ५५ वर्षबाट बढाएर ५८ वर्ष पुर्‍याइनेछ । पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ वर्ष पुर्‍याइनेछ ।

चीनमा सेवानिवृत्तिको उमेर विश्वमा सबैभन्दा कम छ । चिनियाँ सरकारी मिडियाका अनुसार शुक्रबार पारित भएको प्रस्तावअनुसार यी परिवर्तनहरू जनवरी १, २०२५ देखि लागू हुनेछन् । आगामी १५ वर्षको लागि प्रत्येक केही महिनामा अवकाशको उमेर क्रमशः बढाइनेछ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाकाअनुसार सेवानिवृत्तिको कानुनी उमेर नपुग्दै अवकाश लिने अनुमति दिइने छैन ।