२४ जेष्ठ २०८३, आइतबार

फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ ।

कृष्ण भारद्वाजको संगीत तथा निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी (घायल) र नवीन बिकको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र साइराज खातीको गायन छ ।

रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका शीर्ष अभिनेता विपिन कार्की, अभिनेत्री पूजा चन्दसहितका कलाकारहरु नृत्य गर्दै प्रस्तुत हुनुहुन्छ । गीतको सेटअपले बिहेको माहोल दर्शाउँछ । विपिन र पूजा श्रीमान्-श्रीमतीको रुपमा देखिनुभएको छ ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विपिन अर्धवैसे र जवान गरी दोहोरो भूमिकामा हुनुहुन्छ । फिल्ममा वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको पनि अभिनय छ ।

ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको ‘तेल भिसा’मा अनिल पाण्डे र शिवराज कार्की निर्मातामा हुनुहुन्छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन तथा अजय खड्काको सम्पादन छ ।