२६ जेष्ठ २०८३, मंगलबार

दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’को सुटिङ सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन, निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका विभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

सुटिङ सुरुसँगै ‘दुखी आत्मा’को सेटबाट दयाहाङ र आँचलको केही तस्वीर बाहिरिएको छ ।

हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय गर्दै हुनुहुन्छ ।

पूरा फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिनुभएको छ । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो ।

क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुखी आत्मा’ सोसियल कमेडी फिल्म हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल हुनुहुन्छ ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिनुभएको छ ।