४ असार २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : ‘हिंसा’ शब्दले संसदमा हंगामा, रविलाई देउवाको प्रधानमन्त्री अफर ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

एमाले नेता एवं सांसद योगेश भट्टराई भदौ १२ गतेको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा माओवादी केन्द्रलाई लक्षित गर्दै जनयुद्धमा ‘हिंसा’ भएको उल्लेख गर्नु भएको थियो । उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो ।

सो शब्दबारे प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको सभामुख घिमिरेले रूलिङ गर्नु भएको थियो । सभामुख घिमिरेको रूलिङलगत्तै माओवादीका प्रमुख सचेतक पाण्डेले सभामुखको रूलिङ बेठीक रहेको बताउनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–