
काठमाडौं, २६ भदौ । दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एकएक गोल गरेका थिए ।
त्यस्तै, अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए ।
यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी, अर्जेन्टिनाको भने विश्वकप छनौटमा यो दोस्रो हार हो । अर्जेन्टिना यो हारपछि पनि ८ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।







प्रतिक्रिया