२८ जेष्ठ २०८३, बिहिबार

आइफोन-१६ को सिरिज लन्च

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ ।

यसवर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो । यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो ।

एप्पल वाच सिरिज-१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स-४, एयरपड्स म्याक्स, आइफोन-१६, आइफोन १६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।

आइफोन-१६ को ७९९ डलर मूल्य तोकिएको छ भने आइफोन-१६ प्लसको ८९९ डलर रहेको छ ।

त्यस्तै, आइफोन-६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ ।

यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।

आइफोन-१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आइफोन-१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।

आइफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुविधा अनुसार सञ्चालन गर्न सकिने छ ।

त्यस्तै, आइफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै, आइफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ । यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० भिडियो रेकर्ड गर्न सक्छ ।