
काठमाडौं, २५ भदौ । ब्राजिलका फुटबलर नेयमार छिट्टै मैदानमा फर्किने तयारी गरेका छन् ।
गतवर्षको नोभेम्बरमा घुँडाको लिगामेन्ट इन्जुरिका कारण मैदान बाहिर रहेका नेयमारले गोप्य रुपमा आफ्नो इन्जुरिबाट फर्किन तयारी गरिरहेको भएपनि उनी कहिलेदेखि मैदानमा फर्किन्छन् भन्ने स्पष्ट भएको छैन ।
३२ वर्षीय नेयमार साउदी क्लब अल हिलालमा गएपनि केबल ५ खेल खेलेका छन् र एक गोल मात्र गरेका छन् । यसअघि सेप्टेम्बर वा बढीमा अक्टोबरसम्म नेयमार पूर्ण रुपमा फिट हुने बताइएको थियो । नेइमारले पनि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ‘वर्क इन् साइलेन्स’ भन्दै उनी २०२४ मा मैदानमा नदेखिने रिपोर्टको जवाफ दिएको बुझिएको छ ।
नेयमारले हाल अल हिलालको रिह्याब सेन्टरमा कडा मिहिनेत गरिरहेको बताइएको छ ।
यसैबीच, अल हिलालले भने नेयमारलाई जनवरीसम्म आफ्नो साउदी प्रो लिगको टिमबाट बाहिर राखेको छ । अल हिलालले नेयमारलाई एशियन च्याम्पियन्स लिगको टिममा भने समावेश गरेको छ । लिगमा ८ विदेशी खेलाडी मात्र राख्न पाउने भएका कारण नेयमारलाई टिम बाहिर राखिएको बताइएको छ । अल हिलालले नेयमार ठिक भएपनि साउदी लिगमा जनवरीपछि मात्र खेलाउने संकेत देखिएको छ ।









प्रतिक्रिया