७ असार २०८३, आइतबार

भेनेजुएलाका विपक्षी नेता गोन्जालेज देश छोडेर स्पेनको शरणमा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोड्नुभएको छ । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिनुभएको हो ।

भेनेजुएला छोड्नु अघि गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुक्नुभएको थियो । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित हुनुभएको थियो ।

चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका गोन्जालेजलाई पक्राउ गर्नसमेत अदालतले आदेश दिएको थियो । स्पेन पुगेपछि गोन्जालेजले अडियो सन्देश जारी गर्दै लोकतन्त्र र जनताको स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताउनुभएको छ।

गोन्जालेज स्पेन जानु अघि उहाँको गिरफ्तारीको वारेन्ट पनि जारी गरिएको थियो । उहाँमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।

भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेख्नुभएको छ ।