
काठमाडौं, २४ भदौ । स्पेनले युइएफए नेसन्स लिगअन्तर्गत स्वीजरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एकएक गोल गरेका थिए ।
स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिनले नोरम्यान्डले रातो कार्ड पाउँदा १० खेलाडीमा सिमित भएको थियो ।
त्यसैगरी, स्वीजरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।
स्पेनको यो जितपछि समूह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्वीजरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।









प्रतिक्रिया