१ कार्तिक २०८३, शनिबार

बाइडेन बने अहिलेसम्मकै धेरै बिदा लिने अमेरिकी राष्ट्रपति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो ४ वर्षे कार्यकालमा ५३२ दिन बिदा लिनुभएको छ ।

न्युयोर्क पोस्टको रिपोर्टकाअनुसार ८१ वर्षीय बाइडेनले राष्ट्रपति पद ग्रहण गरेको १३२६ दिन भइसकेको छ । बाइडेनले यी दिनको ४० प्रतिशत बिदा लिनुभएको छ भने उहाँले ७९४ दिन मात्र काम गर्नुभएको छ ।

रिपोर्टकाअनुसार बाइडेनले हरेक १० दिनमा ४ दिन बिदा लिइरहनुभएको छ । अमेरिकामा कुनै पनि व्यक्तिले प्रत्येक वर्ष औसत ११ दिन बिदा पाउँछन् । यसकाअनुसार बाइडेनले ४ वर्षमा जति बिदा लिनुभएको छ, एक साधारण अमेरिकी व्यक्तिलाई ४८ वर्ष लाग्छ ।

यो अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले लिएको सबैभन्दा धेरै बिदा हो । यसअघि ट्रम्पले आफ्नो कार्यकालमा १४६१ दिनमा २६ प्रतिशत अर्थात् ३८१ दिन बिदा लिनुभएको थियो । जबकि बराक ओबामा र रोनाल्ड रेगन आफ्नो कुल कार्यकालको ११ प्रतिशत दिन मात्र बिदामा हुनुहुन्थ्यो । जिम्मी कार्टरले राष्ट्रपतिको रुपमा ७९ दिन मात्रै बिदा लिनुभएको थियो ।

विश्वको उथलपुथलकाबीच अमेरिकी राष्ट्रपतिले लामो समय बिदा लिएको भन्दै बाइडेनको आलोचना भइरहेको छ ।

बाइडेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति जहिले पनि बिदामा गएको बेला आफ्नो काममा जोडिएको अवस्थामा रहने बताएका छन् । उसले नियमित रूपमा आवश्यक कलहरू प्राप्त गर्ने र सजिलै सम्पर्क गर्न सकिने अवस्थामा बसेको स्पष्ट गरेका छन् ।

बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुनुहुन्छ । ८० वर्षीय डेमोक्रेट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिनुभएको थियो । उहाँले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएर अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो ।