
काठमाडौं, २३ भदौ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई पुत्री लाभ भएको छ ।
टाइम्स अफ इण्डियाकाअनुसार दिपीकाले आइतबार छोरीलाई जन्म दिनुभएको हो । रणवीर र दीपिकाले आधिकारीक रुपमा भने अहिलेसम्म जानकारी दिनुभएको छैन् ।
गत फेब्रुअरीमा दुवैले सामाजिक सञ्जालमार्फत सेप्टेम्बरमा आफू अभिभावक बन्ने घोषणा गर्नुभएको थियो ।
केही वर्षको अफ्येर्सपछि रणवीर र दीपिकाले २०१८ मा विवाह गर्नुभएको थियो ।









प्रतिक्रिया