४ असार २०८३, बिहिबार

इंग्ल्याण्डका मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । इंग्ल्याण्डका अल राउण्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ वर्षीय अलीले अस्ट्रेलिया सिरिजमा टिममा छनौट नभएपछि सन्यासको घोषणा गरेका हुन् ।

उनले आफूले इंग्ल्याण्डको लागि धेरै क्रिकेट खेलेको भन्दै अब आउँदो जेनेरेसनले खेल्ने समय भएको बताएका छन् । २०१४ मा इंग्ल्याण्डका लागि अन्तर्राष्ट्रिय डेभ्यु गरेका अलीले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी-२० खेल खेलेका छन् ।

उनले इंग्ल्याण्डका लागि सबै फर्म्याटमा ६ हजार ६७८ रनसहित ८ शतक, २८ अर्धशतक र कुल ३६६ विकेट लिएका छन् ।

उनी इंग्ल्याण्डका लागि पछिल्लो पटक टी-२० विश्वकपमा भारतविरुद्ध सेमिफाइनल खेलेका थिए । इंग्ल्याण्डले त्यस खेल हारेको थियो ।

अलीले फ्रेन्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने बताएका छन् ।