३० जेष्ठ २०८३, शनिबार

ताइवानमा ‘यागी’ आँधी : चार जनाको मृत्यु, ७८ जना घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको छ । यो आँधीबाट ताइवानको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको छ ।

‘यागी’ लाई यस वर्षको एसियाकै शक्तिशाली आँधी पनि भनिएको छ । इन्डो-प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिमा यो आँधी ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको थियो ।

हावाहुरीले उडेको धुलोका कारण भवनका झ्याल र सवारी साधनमा क्षति पुगेको छ । हनोईमा धेरै रुखहरू ढलेका कारण विद्युत आपूर्तिमा पनि समस्या देखिएको छ ।

ताइवानको उत्तरी राज्य क्वाङ निहमा यस आँधीका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएको छ । सोही क्षेत्रमा ७८ जना घाइते भएको पनि समाचार छ । धेरै माछा मार्नेहरु पनि हराइरहेका छन् ।