
काठमाडौं, २३ भदौ । जर्मनीले युइएफए नेसन्स लिगअन्तर्गत हंगेरीलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एकएक गोल गरेका थिए ।
यो जितपछि समूह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ । अब जर्मनीले अर्को खेल सेप्टेम्बर ११ मा नेदरल्याण्डससँग खेल्दै छ ।
त्यस्तै, हंगेरीले अर्को खेल सेप्टेम्बर ११ मै बोस्निया हर्ज गोभिनासँग खेल्दै छ ।








प्रतिक्रिया