३१ असार २०८३, बुधबार

प्रहरी प्रवक्ता कार्कीको गीत ‘फूलको बास्ना सरी’ सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले लेख्नुभएको नयाँ गीत ‘फूलको बास्ना सरी’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना मुखरित गरिएको गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भर्नुभएको छ ।

गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ । गायक राजेशपायल राईसहित मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ । गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गर्नुभएको छ । रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र बेनिसा पौडेललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ ।

त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर विष्टले गर्नुभएको छ । गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायांकन रहेको छ ।

‘यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ ।’ गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्नुहुन्छ, ‘यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ ।’