२८ जेष्ठ २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : हिंसाको महिमा मण्डन नगर्न प्रचण्डलाई चेतावनी, अब भारतले बुझ्ला इपीजी ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिनु भएको छ ।

शनिबार काठमाडौंमा २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गर्नु भएको हो ।

देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार भएको उहाँले बताउनुभयो । “माओवादी युद्ध महान् थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको” प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–