३० आश्विन २०८३, शुक्रबार

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी काठमाडौंमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुग्नुभएको छ ।

उहाँ ‘शाम्बाला’ फिल्मको प्रिमियरमा सहभागी हुन शनिबार दिउँसो काठमाडौं आइपुग्नुभएको हो । त्रिभुवन विमानस्थलमा उहाँलाई फिल्मका निर्देशक मीनबहादुर भामले स्वागत गर्नुभयो ।

सिद्दीकीले विमानस्थलमा नेपाली फ्यानहरूहरुसँग सेल्फी खिच्नुका साथै अटोग्राफ पनि दिनुभएको थियो ।

‘शाम्बाला’ फिल्मको नेपाल प्रिमियर भदौ २३ गते काठमाडौंमा हुने तय भएको छ । फिल्म नेपालभर भदौ २८ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ ।