
काठमाडौं, २२ भदौ । भारतकी कुस्ती खेलाडी विनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
शुक्रबार कांग्रेसमा प्रदेश गर्नुभएको फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट विनेश टिकटसमेत दिएको छ ।
पेरिस ओलम्पिकमा फाइनल खेल्न अयोग्य हुनुभएको विनेश फोगाट भारत फर्किएपछि नै कांग्रेसमा प्रवेश गर्ने अनुमान गरिएको थियो ।
विनेश फोगाट र अर्का कुस्ती खेलाडी बजरंग पुनियाले शुक्रबार कांग्रेसका वरिष्ठ सदस्यहरूको उपस्थितिमा पार्टीको सदस्यता लिनुभएको थियो ।
विनेश फोगाट पेरिस ओलम्पिकमा पदक जित्नबाट चुक्नुभएको थियो । ५० केजी तौल समूहमा उहाँ फाइनलमा पुग्दा पनि १०० ग्रामभन्दा बढी तौल भएका कारण अयोग्य घोषित हुनुभयो ।
यसअघि बजरंग पुनिया र विनेश फोगाटले भारतीय कुस्ती महासंघका पूर्वअध्यक्ष बृजभूषण सिंहविरुद्ध महिला कुस्ती खेलाडीको यौन शोषणको विषयमा विरोध गर्दै दिल्लीको जन्तर मन्तरमा लामो समयसम्म विरोध प्रदर्शन गर्नुभएको थियो ।









प्रतिक्रिया