
काठमाडौं, २१ भदौ । सर्वोच्च अदातलते मिर्गौला प्रत्यारोपणका सम्बन्धमा अहिलेको कानूनले ‘नजिकका नातेदार’लाई मात्र स्वीकार गरेकोमा त्यस्ता ‘नातेदार’को दायरालाई बढाउन आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँल र कुमार चुडालको संयुक्त इजलासले नातेदार सम्बन्धमा नयाँ परिभाषा वा दायरा फराकिलो बनाउनुपर्ने ठहर गर्दै नातेदारको दायरलाई बढाउन आदेश दिएको हो ।
झापा, लखनपुरका मिर्गौला पीडित विष्णुबहादुर खत्रीको मुद्दामा सर्वोच्चले गत साउन ८ गते फैसला सुनाउँदै मिर्गौला प्रत्यारोपणका लागि तयार भएकी दाताको मिर्गौला स्वीकार गर्नू भनी परमादेश जारी गरेको थियो । सर्वोच्च अदालतको उक्त फैसलाको पूर्णपाठमा यस्तो आदेश दिइएको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया