२८ असार २०८३, आइतबार

श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग नेपाल पराजित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्धको खेलमा हार बेहोरेको छ । श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १६० रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्ट टिमले २६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यस अघि नेपालले पहिला ब्याटिंग गर्दै ४० ओभरमा १५९ रन बनाएर अल आउट भएको थियो ।

यस खेलमा नेपालका लागि सोमपाल कामीले कप्तानी गर्नु भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गएपनि यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल बर्षाले रद्ध भएका थिए ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपाली १९ सदस्यीय टीम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहनु भएको छ । अभ्यास खेलपछि नेपाल क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जानेछ ।