
काठमाडौं, २१ भदौ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका सौतेला दाजु इबोङ्गो मलिक ओबामाले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गर्नु भएको छ । मलिक ओबामाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गर्नु भएको हो ।
उहाँले भन्नुभएको छ, ‘म मलिक ओबामा हुँ, म रिपब्लिकन पार्टीको एक दर्ता मतदाता हुँ र म डोनाल्ड ट्रम्पलाई भोट दिनेछु । ट्रम्प हृदयदेखि बोल्छन् ।’
बाराक ओबामाका सौतेला दाजु मलिक ओबामाले जो बाइडेन र हिलारी क्लिन्टनको समयमा पनि डोनाल्ड ट्रम्पलाई समर्थन गर्नु भएको थियो । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै मलिक ओबामाले ट्रम्पलाई मन परेको कारण उहाँ हृदयदेखि बोल्ने बताउनुभयो। ‘मेक अमेरिका ग्रेट अगेन एक अदुभूत नारा हो र म ट्रम्पलाई भेट्न चाहन्छु, उहाँले भन्नु भएको छ । मलिक ओबामाले पूर्व राष्ट्रपति एवम् उहाँका भाइ बराक ओबामाको आलोचना गर्दै स्वार्थी भन्नुभयो ।
मलिक ओबामा पेशाले एकाउन्टेन्ट हुनुहुन्छ। बाराक ओबामा राष्ट्रपति हुँदा उहाँ ह्वाइट हाउस पनि जानु भएको थियो । तर, पछि उहाँहरुको सम्बन्ध चिसियो । मलिक ओबामाले सन् २०२२ मा एक सामाजिक सञ्जाल पोस्टमा लेख्नु भएको थियो, ‘म बराक ओबामाको राष्ट्रपतिकालमा उहाँसँगै बसेँ तर पछि थाहा पाएँ कि उनी स्वार्थी थिए,’ ।
मलिक ओबामाले यसअघि बराक ओबामामाथि धेरै गम्भीर आरोप लगाउनु भएको थियो । यी मध्ये एक आरोपमा मलिकले बराक ओबामा अमेरिकामा जन्मिएका नभई केन्याका नागरिक भएको दाबी गर्नु भएको थियो । आफ्नो दावीको समर्थनमा मलिक ओबामाले ओबामाको नक्कली जन्म प्रमाणपत्र पनि पेश गर्नु भएको थियो । मलिक ओबामाले बारम्बार सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारहरू पोस्ट गर्छन् र समलिङ्गी विवाह र गर्भपतनको आलोचना गर्ने गर्नु भएको छ ।








प्रतिक्रिया