
काठमाडौं, २१ भदौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त हुनु भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई प्रवन्ध निर्देशन नियुक्त गरेको हो । अब पहाडीले चार वर्ष टेलिकमको नेतृत्व सम्हाल्नु हुनेछ । पहाडीले २०८० साल असोजदेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो ।
‘नेसनल पेमेन्ट गेटवे’ मा भ्रष्टाचार गरेको आरोप लागेपछि टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा पर्नु भएको थियो । पौडेल निलम्बनमा परेपछि पहाडीले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको हो ।








प्रतिक्रिया