२८ असार २०८३, आइतबार

प्रेमीले आगो लगाइदिएपछि युगाण्डाकी ओलम्पियन रेबेटाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । युगाण्डाकी ओलम्पिक खेलाडी रेबेटा चेप्टेगीको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनका प्रेमीले पेट्रोल खन्याएर आगो लगाइदिएपछि उहाँको मृत्यु भएको हो ।

३३ वर्षीय म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी हुनु भएको थियो । उहाँ ७५ प्रतिशत जलेको र उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

केन्यामा बस्ने रेबेटालाई चर्चबाट फर्किंदै गर्दा आक्रमण भएको थियो । रेबेका उत्तरपश्चिमी केन्यामा बसेर प्रशिक्षण लिइरहनु भएको थियो । स्थानीय प्रशासनले दर्ता गरेको मुद्दामा खेलाडी र उहाँका प्रेमीबीच जग्गा विवाद चलिरहेको आरोप लागेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

युगान्डा एथलेटिक्स फेडरेसनले लेखेको छ, ‘आज बिहान हाम्रा एथलिट मध्ये एक रेबेका चेप्टेगीको मृत्यु भएको घोषणा गर्नु अत्यन्तै दुःखको कुरा हो । उहाँ घरेलु हिंसाको शिकार हुनुभयो । हामी त्यस्ता कार्यको भत्र्सना गर्दछौं र न्यायको माग गर्दछौं ।’