२६ जेष्ठ २०८३, मंगलबार

ट्रम्प र ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तीब्र गतिमा जारी रहेको छ ।

यसैबीच रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहनु भएकी कमला ह्यारिसबीच टेलिभिजन बहस हुने भएको छ । यी दुईबीच सेप्टेम्बर १० मा बहस हुने भएको हो ।

यसअघि ट्रम्प र बाइडेनबीच पहिलो बहस गत जुन २७ मा भएको थियो । सो बहसमा बाइडेनको कम्जोर प्रदर्शनपछि उहाँले उम्मेदवारी नै छोड्नु परेको थियो ।

यसैबीच ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी ह्यारिसलाई बिना कुनै अवरोध बोल्न दिने योजना बनाएको बताउनु भएको छ । यो बहस पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर फिलाडेल्फियामा हुने भएको छ ।

उता ह्यारिसले पनि आफू ट्रम्पसँगको बहसका लागि तयार रहेको बताउनु भएको छ । पछिल्ला पोलले ट्रम्पलाई ह्यारिसले उछिन्नु भएको छ ।