२२ जेष्ठ २०८३, शुक्रबार

अमेरिकाको विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

सिएनएनकाअनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

गोली चलाउने बालक पनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।

प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको छ ।

अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक-पटक हुने गर्दछन् । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औं घटना हो । यसअघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।

राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गर्नुभएको छ ।