शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

अब हामी गर्वको साथ भन्न सक्छौं, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेशा

दैनिक नेपाल २०८१ भदौ १९ गते १२:४७

काठमाडौं, १९ भदौ । पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वका साथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताउनु भएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उहाँले सबैले पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘एकदमै खुसी छु म आज किनकी मैले आशा गरेको थिईन कि आज गोल्ड मेडल हात मार्न सक्छु भनेर । सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर मैले त्यो पूरा गरेर फर्किएकी छु । यो मेडल मेरो मात्र होईन सबैको हो । अब हामी गर्वको साथ भन्न सक्छौं कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’

विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो । पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पु¥याएर स्वागत गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित