
काठमाडौं, १७ भदौ । इंग्ल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । खेलको चौथो दिन श्रीलंकाले दिएको २०५ रनको लक्ष्य इंग्ल्याण्डले ५ विकेट गुमाएर पूरा गरेको थियो ।
यस टेस्टमा श्रीलंकाले पहिलो इनिंगमा २३६ रन बनएको थियो भने इंग्ल्याण्डले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो । त्यसपछि श्रीलंका आफ्नो दोस्रो इनिंगमा ३२६ एन बनाएर आलआउट भएपछि इंग्ल्याण्डले २०५ रनको लक्ष्य पाएको थियो ।
यो जितपछि ३ खेलको सिरिज इंग्ल्याण्डले २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल ओभलमा सेप्टेम्बर ६ देखि हुनेछ ।








प्रतिक्रिया