
सियारी, १६ भदौ । दयानगर सामुदायिक सिकाई केन्द्र (सिएलसी)को आयोजनामा शनिबार एक तीज गीत कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय समुदायको उत्साहजनक सहभागितामा आयोजित कार्यक्रममा सियारी गाउँपालिका वडा नं. ४ का आठ वटा आमा समूहहरूको सक्रिय सहभागिता रहेको थियो । यी समूहहरूमा नमुना स्वास्थ्य आमा समूह, मनकामना गाउँ आमा समूह, हवल्दार टोल स्वास्थ्य आमा समूह, कालिका गाउँ आमा समूह, विष्णुपुर आमा समूह, प्रगतिशील जन सेवा स्वास्थ्य आमा समूह, शिवपुर आमा समूह र सिएलसीका समूहको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता दयानगर सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष गायत्री न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारू उपस्थित हुनुभएको थियो ।
अतिथिहरूमा सियारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धनपति खरेल, गाउँपालिका कार्यपालिका सदस्यहरू अन्जु रोकाहा र संगीता प्यासी, वडा सदस्य नारायण थारु, पब्लिक माविका अध्यक्ष प्रसाद श्रेष्ठ, समाजसेवीहरू इन्द्रप्रसाद न्यौपाने र हरिबहादुर थापा तथा दयानगर सामुदायिक सिकाई केन्द्रकी उपाध्यक्ष राधा पौड्याल रहनुभएको थियो ।

कार्यक्रमको शुरुवातमा दयानगर सामुदायिक सिकाई केन्द्रकी उपाध्यक्ष राधा पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले सबै उपस्थित अतिथि र सहभागीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमको महत्त्व र उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारूले तीज पर्वको महत्त्व र यसको सामाजिक, सांस्कृतिक पक्षबारे बोल्नुभयो । उहाँले महिला सशक्तीकरण र समानताको लागि यस्ता कार्यक्रमहरूको भूमिकामाथि जोड दिनुभएको थियो ।
कार्यक्रममा सियारी गाउँपालिका कार्यपालिका सदस्य अन्जु रोकाहा, पब्लिक माविका अध्यक्ष प्रसाद श्रेष्ठ, समाजसेवी हरिबहादुर थापा लगायतका अतिथिहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरूको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण तीज गीतहरूको प्रस्तुति थियो । विभिन्न आमा समूहका सदस्यहरूले परम्परागत र आधुनिक तीज गीतहरू प्रस्तुत गर्नुभएको थियो । गीतहरूमा महिला सशक्तीकरण, समानता र सामाजिक न्यायका विषयहरू समावेश थिए ।

कार्यक्रमको सञ्चालन दयानगर सामुदायिक सिकाई केन्द्रका परिचालक दुर्गा तिवारीले गर्नुभएको थियो ।
कार्यक्रमको समापनमा दयानगर सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष गायत्री न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कार्यक्रम सम्पन्न गर्न सबै सहभागि, अतिथि र आयोजक टिमको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकतामाथि जोड दिनुभयो ।
तीज गित कार्यक्रम पब्लिक माविको प्राङ्गणमा सम्पन्न भएको थियो । कार्यक्रमले सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ । यस किसिमका कार्यक्रमहरुले स्थानीय महिलाहरूलाई एकजुट हुने र आफ्ना प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ, जसले समुदायमा सामाजिक एकता र सद्भाव बढाउन मद्दत पुग्ने आयोजकले जनाएको छ ।









प्रतिक्रिया