
काठमाडौं, १५ भदौ । नेपालमा पहिलो पटक क्यालिस्टेनिक्स (शारीरिक व्यायाम) च्याम्पियनसिपको आयोजना गरिएको छ ।
काली नेपालको आयोजना एवम् राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), र पुनर्वास केन्द्रसँगको सहकार्यमा एनएमबी काली नेपाल क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न भएको हो ।
काठमाडौंको नाडा पार्क बाँसबारीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो । च्याम्पियनसिपमा महिला पुरुष गरी पचास जनाले सहभागिता जनाएका थिए ।
काली नेपालका अध्यक्ष सम्राट पाण्डेले नेपालमा क्यालिस्टेनिक्स खेलको सुरुवात गरेको जनउनुभएको छ । बेलायतमा लामो समयको अध्ययन पश्चात् नेपाल फर्किनुभएका पाण्डेले यस्तो खेलको सम्भावना रहेका युवाहरुको जमात ठूलो रहेकाले आकर्षण बढाउन र आगामी दिनमा अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडीलाई पुर्याउन प्रयासरत रहेको बताउनुभयो ।
खेलबाट उत्कृष्ट पाँच जनालाई अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र आउँदो डिसेम्बरमा बृहत क्यालिस्टेनिक्स प्रतियोगिताको आयोजना गर्ने राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्रका अध्यक्ष विवेक विक्रान्त अधिकारीले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया