१९ असार २०८३, शुक्रबार

साथीको हत्या अभियोगमा वृद्ध पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १५ भदौ । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ ।

म्यागङ गाउँपालिका–३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुङ्गा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, अभियुक्तबाट घटनामा संलग्न रहेको स्वीकारसहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।