१० असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीद्वारा कास्य पदक विजेता पलेशालाई बधाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिनुभएको हो । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।  पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।