४ श्रावण २०८३, सोमबार

विश्वास नेपालको १८औं साधारणसभा : मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने प्रतिबद्धता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरुलाई विश्वास नेपालले गरेको सहयोगको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले खुलेर प्रशंसा गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित विश्वास नेपालको सामाजिक परीक्षण, नवौं अधिवेशन तथा १८औं साधारणसभामा बोल्दै उहाँले संस्थाले गर्दै आएको कामको प्रशंसा गर्नुभएको हो । अध्यक्ष पराजुलीले विश्वास नेपालसँग महिला आयोगले लामो समयदेखि सहकार्य गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि हरेक अभियानमा साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले विश्वास नेपालका परियोजनाहरूले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो ।

कार्यक्रममा सामाजिक परीक्षक बिएम आचार्यले विश्वास नेपालको आर्थिक वर्ष २०८०–०८१ का परियोजना र कार्यक्रमहरूको प्रभावकारिता, लाभग्राहीको अवस्था र बजेट सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा संस्थाका परियोजनाबाट लाभान्वित पूजा खड्काले आफ्नो अनुभव साझा गर्नुभएको थियो ।

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई मर्यादित श्रमको गन्तव्य बनाउने लक्ष्य राखेर संस्थाले काम गरिरहेको बताउनुभयो । उहाँले श्रमिकहरूका मागहरूलाई आगामी दिनमा सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न दोहोरी साँझ र रेष्टुरेन्टका सञ्चालक तथा प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।