२२ जेष्ठ २०८३, शुक्रबार

राज्य र पुस्तकालयबीच सम्बन्ध स्थापित गर्न पुस्ताकालय ऐन बनाउन आवश्यक : मन्त्री भट्टराई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राज्य र पुस्तकालयबीच सम्बन्ध स्थापित गर्न पुस्ताकालय ऐन बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार १७औं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले मुलुकमा अझै पनि २०६४ सालमा बनेको पुस्तकालय नीति कार्यान्वयनमा रहेको उल्लेख गर्दै उक्त नीतिलाई आजको सन्दर्भमा परिमार्जन गरेर लागु गर्न मन्त्रालय छलफलमा जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार गरेका छौँ । तर अझै त्यसलाई व्यवस्थित गरेर अगाडि बढ्ने भन्ने सन्दर्भमा सबैसँग छलफल गरेर अगाडि बढ्नेछौँ । हामीसँग २०६४ सालमा बनेको पुस्तकालय नीति भएपनि आजको सन्दर्भमा परिमार्जन गरेर कसरि लागु गर्ने भन्ने सन्दर्भमा पनि हामीले छलफल गर्नुपर्नेछ । पुस्तकालय ऐन नै आवश्यक छ भनेर कुरा आइसकेको छ । यसमा म गम्भिर छु । यसमा पनि काम गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहान्छु ।’

पुस्तकालयको महत्वलाई जीवनको एक महत्वपुर्ण अंगको रुपमा व्यख्या गर्दै आइरहेको उल्लेख गर्दै पुस्तकालयको दायित्व राज्यले लिनुपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

‘आजको दिनमा पुस्तकालयको महत्वलाई जीवनको एक महत्वपुर्ण अंगको रुपमा हामीले व्यख्या गर्दै आइरहेका छौँ । त्यसकारण राज्यले पुस्तकालयको दायित्व राज्यले लिनुपर्छ भन्ने कुरामा हामीले फरक ढंगले बुझेका छैनौँ । तरपनि हाम्रा समस्याहरु छन् । यहाँ उठाउनुभएका वक्ताहरुले दिएका सुझावहरुलाई ग्रहण गर्दै काम गर्न सरकार प्रतिबद्ध छ । म शिक्षा मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि पुस्तकालयमा काम गर्नुहुने साथिहरु आएर सुझावहरु दिनुभएको छ । हामी काम गर्ने सन्दर्भमा अगाडि बढिरहेका छौँ ।’ उहाँको भनाइ छ ।