२४ जेष्ठ २०८३, आइतबार

बाजुरामा चोरीको बिगबिगी : एकैरात बैंक, सहकारीदेखि पसलमा लुटपाट

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १५ भदौ । जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शितल रावतले जानकारी दिनुभयो ।

‘एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकमा प्रवेश गरेको र एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाजुराले गएराति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जनाएको छ ।

‘बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ । सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ, अनुसन्धान सुरु भएको छ ।’ जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको भन्नुभयो ।

गएराति नै गौमुल गाउँपालिका-६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० हजार रुपैयाँसमेत चोरी भएको सहकारीका अध्यक्ष श्याम रोकायाले बताउनुभयो ।