
सुनसरी, १५ भदौ । सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा शुक्रबार निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ । अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते हुनुभएको थियो । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया