२९ जेष्ठ २०८३, शुक्रबार

आइफोनको मोहमा नग्न नाच !

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । आइफोनको लोभले मानिसहरूलाई कहाँसम्म पुर्‍याउँछ भन्ने एक चकित पार्ने उदाहरण रुसमा देखिएको छ ।

रुसको अस्त्रखान क्षेत्रको एक नाइटक्लबमा आयोजित ‘स्ट्रिपटिज’ नामक अनौठो प्रतियोगितामा सहभागीहरूले आइफोन जित्नका लागि सार्वजनिक रूपमा नग्न हुन पुगे ।

बंकर नामक नाइटक्लबमा आयोजित यस विवादास्पद प्रतियोगितामा विजेतालाई पुरस्कार स्वरूप आइफोन दिइने घोषणा गरिएको थियो । प्रतियोगिताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय प्रशासनले कडा कारबाही गरेको छ ।

घटनामा संलग्न तीन जना पुरुष, एक जना युवती गरी चार जना सहभागी र आयोजकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये एक २२ वर्षीया युवतीले आफ्नो कार्यप्रति गहिरो पश्चाताप व्यक्त गर्दै सार्वजनिक माफी मागेकी छिन् ।

अस्त्रखानका गभर्नर इगोर बाबुस्किनले यस घटनालाई ‘अपमानजनक’ बताउँदै कडा आलोचना गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रा हजारौं सहकर्मी र देशवासीहरू मातृभूमिको रक्षाका लागि प्राणको बाजी लगाइरहेका बेला, यहाँ केही व्यक्तिहरूले सम्पूर्ण लाज र विवेक गुमाएका छन् ।’