१० असार २०८३, बुधबार

नयाँ स्वरुपमा युइएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ ।

गएराति सम्पन्न ड्र मा लिग चरणमा क्लबहरुले आ-आफ्ना प्रतिद्वन्दी पाएका छन् । यस सिजनमा च्याम्पियन्स लिगको स्वरुपलाई परिवर्तन गरिएको छ । यसअघि ४/४ क्लबको समूह बनाएर प्रतिस्पर्धा गराइने गरेकोमा यस पटकदेखि भने सहभागि ३६ टिमले लिग चरणमा हरेकले ८/८ खेल खेल्नेगरी प्रतिद्वन्दी ड्र गरिएको छ ।

लिग चरणको खेलपछि शीर्ष ८ स्थानमा रहेका क्लब राउण्ड १६ मा प्रवेश गर्ने छन् भने नवौं स्थानदेखि २४ स्थानसम्मका क्लबले होम र अवे प्लेअफ खेल्ने छन् र प्लेअफमा विजयी हुने क्लब राउण्ड १६ मा पुग्ने छन् ।

त्यस्तै, लिग चरणमा २५औं स्थानदेखि पछाडी रहेका क्लबहरु युइएफएको यस सिजनका सबै प्रतियोगिताबाट बाहिरिने छन् । लिग चरणमा म्यानचेस्टर सिटीले पिएसजी इन्टर मिलान, युभेन्टसको सामना गर्ने भएको छ भने लिभरपुलले रियल म्याड्रिड, एसी मिलान जस्ता क्लबको सामना गर्ने भएको छ ।

त्यस्तै, रियल म्याड्रिडले डोर्टमण्ड, लिभरपुल, एसी मिलान, एटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ भने बार्सिलोनाले बायर्न म्युनिख, डोर्टमण्ड, एटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ ।

त्यस्तै. पिएसजीले बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, आर्सनल जस्ता प्रतिद्वन्दी पाएको छ ।

यस पटकको च्याम्पियन्स लिगको ड्र क्रिस्टियानो रोनाल्डो र गियानलुइगी बुफोनले गरेका थिए । यस ड्र समारोहमा युइएफएले रोनाल्डोलाई अहिलेसम्म च्याम्पियन्स लिगमा कीर्तिमानी १४० गोल गरेको भन्दै विशेष अवार्डले सम्मानितसमेत गरेको थियो ।