काठमाडौं, १४ भदौ । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ ।
अदालतको दस्तावेजमा उल्लेख भएअनुसार बबीसिंह शाहले डकैतीका क्रममा मुनालाई गोली हानेर हत्या गरेको खुलेको हो । घटनाले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा चिन्ता बढाएको छ ।
यसैबीच, बबीमाथि हत्याको आरोपका साथै गैरकानूनी रूपमा हतियार राखेको अभियोगमासमेत मुद्दा दर्ता भएको छ ।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार शव भेटिएको थियो । भोजपुरकी मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुग्नुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस